६ बैशाख २०८१, बिहीबार

अभिनेता राजेश हमाल विवादमा, समता फाउन्डेसनको तर्फबाट विज्ञप्ति जारी

jaatako prashna samata foundation
जातको प्रश्न कार्यक्रमको युट्युबा भिडियोबाट

समता फाउन्डेसनको लगानीमा अभिनेता राजेश हमालले सञ्चालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका छन् ।

सामाजिक संजालमा अभिनेता राजेश हमालको प्रस्तुतीमा सञ्चालित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ क्रिस्चियनको लगानीमा हिन्दुविरोधी भन्दै विरोध हुन थालेको छ ।

‘जातको प्रश्न’ विगत तीन महिनादेखि कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार साँझ साढे ६ बजे प्रशारण हुँदै आइरहेको छ । युट्युबमा राखिएको विवरण अनुसार, टिभी कार्यक्रम, समता फाउन्डेसनले क्रिश्चियन एड नेपालको सहयोगमा प्रोडक्शन पार्टनर शान्ता नेपाली प्रोडक्शन्सको साथ निर्माण गरेको हो ।

कार्यक्रमले नेपालमा हुँदै आईरहेको जातीय विभेद र छुवाछुतका बारेमा विभिन्न क्षेत्रका अतिथिहरुलाई निम्त्याउदै उहाँहरुको धाराणा राख्दै आएको छ ।

कार्यक्रमले हिन्दूत्वमाथि आँच पुर्‍याएको, क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको हो । मानिसहरुले कार्यक्रम र राजेश हमालविरुद्ध नारावाजी गर्दै उनीहरुका पोस्टर जलाइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कार्यक्रमको विरोध गर्दै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा हिन्दू समर्थकहरुले हमालको पुतला समेत जलाईएका छन् ।

jaatako prashna

मुख्यत: कार्यक्रम क्रिश्चियन एड नेपालले प्रायोजन गर्नु देखिएको छ भने आलोचकहरूले यो कार्यक्रम मार्फत नेपालमा धार्मिक र जातीय द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् ।

अभियानका राष्ट्रिय संयोजक विनय यादवले कार्यक्रम मार्फत हमालले नेपाली हिन्दु समाजको बदनाम गरिहेको बताउँछन् । नेपाली समाजमा फाटो ल्याउन र ८० प्रतिशत भन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी शुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउनु पर्ने माग यादवको रहेको छ ।

कार्यक्रमको विरोध हुन थाले पछी समता फाउन्डेसनले एक विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा जनाइए अनुसार कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह राखेको छैन । ‘दलित समुदाय विरुद्ध भइरहेको यी श्रृंखलावद्ध हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको संस्कृति बढाउनका लागि समता फाउन्डेसनले जातको प्रश्न नामक टिभी उत्पादन गरेको हो,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

साथसाथै सामाजीक सन्जालमा गलत अभिव्यक्ती राखेर अफवाह फैलाईएको घटनाप्रती संस्थाको गम्भिर ध्यान आकर्षण भएको जनाएको छ । यस्ता कृयाकलाप दन्ण्डनिय रहेको र अनधिकृत रुपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग नगर्नहुन सबैलाई सचेत हुन अनुरोध गरेको छ ।

samata foundation press release