६ बैशाख २०८१, बिहीबार

दाङका तीन सरकारी कार्यालय बन्द

dang

कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् । बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन् ।

दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ । अब दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले पनि आज सूचना जारी गर्दै यही असोज ३० गतेसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ । कार्यालयका प्रसासकीय अधिकृत अम्मरराज शर्माले प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना पोजोटिभ देखिएको र थप अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा पाँच दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिनुभयो ।

यस्तै दाङ जिल्ला नापी तथा मालपोत कार्यालय पनि यही असोज २२ देखि २८गतेसम्मका लागि बन्द गरिएको छ ।