६ बैशाख २०८१, बिहीबार

यस्ता छन् प्रदेश नम्बर ५ को मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

pradesh 5 ru1JExnJbY

बुटवल । प्रदेश नम्बर ५ सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ ।

सोमबार साँझ बसेको बैठकले गरेको निर्णय मंगलबार बुटवलमा पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको हो ।

बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गतको डिभिजन कार्यालय स्थापना गर्नेदेखि प्रदेश सूचना तथा सञ्चार प्राविधि प्रतिष्ठानको कार्यकारी नियुक्त गर्नेसम्मका निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

बैठकले सञ्चार प्रतिष्ठानमा अनुप बाँस्कोटालाई नियुक्त गरेको छ । यस्तै प्रदेशमा ६ वटा सामाजिक विकास डिभिजन कार्यालय स्थापना गरी सञ्चालन गर्ने सरकारको निर्णय छ ।

यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरपूर्वका सटरहरु भत्काउन पनि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ ।

यस्तै उद्योग बन तथा पर्यटन मन्त्रलायले दर्ता गर्ने प्राईभेट फर्म नियावली २०७६ लाई पनि बैठकले स्वीकृत दिएको छ । जसमा फर्म दर्ता गर्दा महिला, दलित, अपाङ्गलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    सम्बन्धित समाचार...