८ बैशाख २०८१, शनिबार

बारी जोत्दै गर्दा गोरुको आक्रमणबाट मृत्यु

Dead

गोरुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सो आक्रमणमा एक जना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको हो ।

बारी जोत्ने क्रममा शुक्रबार रावतलाई आक्रमण गरी गम्भिर घाइते बनाएकामा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रावतको पेटमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो ।

गोरुको आक्रमणबाट घाइते भएकी ५० वर्षीय गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।