fbpx
२३ फाल्गुन २०७७, आईतवार

रोजगारी गुमाएकालाई कृषिमा आबद्ध गराइने

लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोनाबाट रोजगारी गुमाएर फर्किएकालाई कृषि पेशामा आबद्ध गराउने गरी कृषि कार्यक्रम अगाडि बढाएको छ । मन्त्री आरती पौडेलले कृषि पेशामा श्रम गर्ने मजदुरको बीमा, सञ्चयकोष कट्टीलगायतका योजना सञ्चालन गरेर कृषि पेशामा युवालाई आकर्षित गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँले कृषिमा आबद्ध हुन चाहने युवा तथा कृषकलाई सस्तो दरमा सुलभ कर्जा, उत्पादनमा आधारित अनुदानको व्यवस्था तथा बजारीकरणसमेतको व्यवस्थाको गरिने बताउनुभयोे ।

सन्धिखर्कमा आज पत्रकारसँग कुराकानी गर्दै कृषिमन्त्री पौडेलले प्रदेशलाई चिया, छुर्पी र महमा नमुना जिल्ला बनाउने गरी कार्य सञ्चालन गर्न शुरुआत गरिइएको जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव रेवतीरमण पौडेलले उत्पादनमा बृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गरी युवालाई कृषि पेशामा स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरिइएको बताउनुभयो ।

    सम्बन्धित समाचार...