८ बैशाख २०८१, शनिबार

नेकां पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईँको कोभिड सङ्क्रमणबाट निधन

prasau 1

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड –१९ को सङ्क्रमणबाट आज निधन भएको छ ।काठमाडौंँको ओम अस्पतालमा आज अपराह्न १ः३० बजेतिर ९९ वर्षका उमेरमा उहाँको निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि खनुपरुदेलाई छ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । विसं २०४८ को आठौंँ महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष हुनुभएका उहाँ विसं २०४४मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत हुनुहुन्थ्यो । विसं १९७८ माघ १५ गते जन्मनुभएका उहाँ पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित हुनुपरेको थियो । विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसार्इँ निर्वासनबाट स्वदेश फर्कनुभएको थियो ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उहाँ झापामा स्वतन्त्र उम्मेद्वार बन्नुभयो । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उहाँ पराजित हुनुभएको थियो । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेपछि उहाँले बाटो बिराएको जनाउँदै पार्टी परित्याग गर्नुभयो ।

उहाँका पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् । कांग्रेस झापाका सभापति उद्धव थापाले आइतबारदेखि पार्टीको जिल्ला कार्यालयमा शोकपुस्तिका राखिने बताउनुभयो । उहाँको निधनमा कांग्रेसका प्रवक्ता शर्माले शोक व्यक्त गर्दै ट्वीट गर्नुभएको छ ।

‘‘अलग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, वीपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो”, कांग्रेसका प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ, ‘‘शान्ति मिलोस् उहाँको आत्मालाई स्वर्गमा ।’’