११ बैशाख २०८१, मंगलवार

‘समयमै उपचार गर्दा क्यान्सर निको हुन्छ’

cancer

नेपालमा पनि अक्टोबर महिनालाई स्तन क्यान्सर विरुद्ध सचेतना अभियानका रुपमा मनाउन शुरु गरिएको छ । ‘क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ’ भन्ने नाराका साथ योग प्रेमी नेपाल र नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले विविध कार्यक्रम गरी मनाउन शुरुआत गरेका हुन् ।

पछिल्लो समय गलत जीवनशैलीका कारणले स्तन क्यान्सरबाट धेरै महिला पीडित हुनु परेको जनाइएको छ । सचेतना अभियानमा क्यान्सर के हो ? यो किन हुन्छ ? के कस्ता उपाय अपनाउनाले क्यान्सर रोगको जोखिम कम हुन सक्छ ? रोग लागिसकेको छ भने कसरी अगाडि बढ्ने जस्ता अभियानको क्रममा सिकाउने सोसाइटीका अध्यक्ष प्रमिला खनालले जानकारी दिनुभयो ।

उहाँले आफूहरुले क्यान्सरका बिरामीलाई मनोपरामर्श सेवा प्रदान गर्नुका साथै महिलालाई लक्षित गरी स्वास्थ्य शिविर कार्यक्रमको साथै स्कुल, कलेजका छात्रालाई क्यान्सरको बारेमा सचेत गराउने काम गर्दै आएको बताउनुभयो ।

योगप्रेमीका अध्यक्ष खेतराज मैनाली क्यान्सर रोगसित विजय प्राप्त गर्न योग र ध्यानको विशेष महत्व हुने जानकारी दिनुभयो । उहाँले योग र ध्यानले मानिसको जीवनशैलीमा परिवर्तन गर्न विशेष भूमिका रहने भएकोले क्यान्सरलाई पनि योग र ध्यानबाट सजिलै जित्ने सकिने जानकारी दिनुभयो । नेपालमा ४० देखि ५० बर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर हुने गरेको पाइएको छ ।