८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा आज मात्रै २५४० संक्रमित थपिए, एक हप्ता भित्रै १० हजार पुगे संक्रमित

corona insurance

नेपालमा आज (बिहिवार) १८,४७३ पिसिआर टेस्ट भएकोमा थप ४३६४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने २६,६८४ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ । हाल क्वारेन्टाइनमा ४,४६० जना रहेका छन । पछिल्लो २४ घण्टामा २६७५ जना र आज सम्म ७१३४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकमा कोरोना संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा २०८५, ललितपुरमा ३२०र भक्तपुरमा १३५ गरी जम्मा २,५४० जना नयाँ संक्रमित थपिएका छन ।

प्रदेश अनुसार आईसियुमा २३५ जना उपचाररत छन जसमा प्रदेश १ मा २९, प्रदेश २ मा १४, बाग्मती प्रदेशमा १२८, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ३९ जना, कर्णाली प्रदेशमा १९ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा ४ जना, प्रदेश २ मा ३ जना, बाग्मती प्रदेशमा ३० जना र लुम्बिनी प्रदेशमा ५ जना गरी जम्मा ४२ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । हालसम्म मृतक ५९०जनामा कोरोना पुष्टि भएको छ।