१४ बैशाख २०८१, शुक्रबार

प्रदेश प्रमुख हटाएर सरकारले राजनीतिक द्वन्द्व बढाउन खोजियो : नेपाली काँग्रेस

biswoprakash shrma

प्रमुख  विपक्षी नेपाली कांग्रेसले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ । यसले सरकार र विपक्षीबीच द्वन्द्व बढाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मात्र सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयमा हस्ताक्षर गरेकी थिइन् ।

उनले भने, ‘सरकारले गर्नु पर्ने काम धेरै छन् । तर सरकार द्वन्द्व नित्याउने बाटोमा लाग्यो । यस्तो पूर्वाग्रही कदमप्रति काँग्रेसको विमति रहन्छ ।’

संवैधानिक बाटोबाट नियुक्त भएका प्रदेश प्रमुख हटाउनुले सरकार पूर्वाग्रही सोचबाट ग्रसित भएको आरोप छ । यदि संघ वा प्रदेश सरकारलाई अमुख प्रदेश प्रमुखका कारण काम गर्न असहज भएको भए भन्नुपर्ने भन्दै उनले भने, ‘एकमुष्ट रुपमा पदमुक्त गर्नु भनेको राजनीतिक पूर्वाग्रह पनि हो ।’

उनले भने, ‘अघिल्लो सरकारका निर्णयहरु उल्टाएर राजनीतिक द्वन्द्व बढाउन खोजियो ।’

मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपाको विरोधका बीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो ।

    सम्बन्धित समाचार...