१३ बैशाख २०८१, बिहीबार

लावस पठाइदिन्छु भनी २४ लाख ठगी गर्ने दम्पती प्रहरी फन्दामा

thgi

विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ ।

लावस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ सिग्रेनी सोल्टी चोक बस्ने ५० वर्षीय विजय थिङ् लामा र उनकी श्रीमती ५० वर्षीया सजना थिङ् लामालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले वैदेशिक रोजगारको सिलसिलामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भन्दै विश्‍वासमा पारी लावस पठाइदिन्छु भनि विभिन्न प्रलोभनमा पारी विभिन्न मितिमा नगद २४ लाख २० हजार रुपैयाँ लिई ठगी गरी लावस र भारतको दिल्लीसम्म पुर्‍याई अलपत्र पारी सम्पर्क विहीन भई फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ सिग्रेनीमा फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई थप आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...