६ बैशाख २०८१, बिहीबार

झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना

somnath portel

झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना सङ्क्रमण भएको छ ।

आफूलाई कोरोना पोजेटिभ भएपछि होमआइसोलेसनमा बसेको उहाँले बताउनुभयो । “लक्षण केही देखिएको छैन”, उहाँले भन्नुभयो, “मसँग सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु हुन अनुरोध छ ।”

जिसस प्रमुख पोर्तेललाई कोरोना पोजेटिभ भएपछि जिल्ला समन्वय समितिको कार्यालय अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जिल्ला समन्वय अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।