७ बैशाख २०८१, शुक्रबार

मन्त्री भट्टद्धारा कार्यालय अनुगमन

lekhraj bhatta anugaman

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले धनगढीमा रहेका मातहतका कार्यालयको बुधबार अनुगमन गर्नुभएको छ ।

उहाँले धनगढीमा रहेका खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेर र साल्ट ट्रेडिङ कर्पोरेशनको स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा उहाँले सुदूरपश्चिम प्रदेशमा खाद्यान्न अभाव हुन नदिन कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले चाडपर्वका बेला मात्र नभएर देशका दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन सरकारले उचित व्यवस्था गरिरहेको बताउनुभयो ।

देशका खाद्यान्न गोदामहरुको स्त्तरवृद्धि हुने गरी अत्याधुनिक बनाउन मन्त्रालयले पहल गरिरहेको उहाँको भनाइ थियो । झण्डै एक हप्तादेखि सुदूरपश्चिममा रहनुभएका मन्त्री भट्टले प्रदेशको समग्र विकासका लागि तीन वटै तहका सरकारको विशेष भूमिका रहेको बताउनुभयो ।