११ बैशाख २०८१, मंगलवार

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो (अपडेट)

72764918 10213106875181089 391022077554982912 n

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १४ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी)  माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा ३८ जना घाइते  छन् । नदीमा डुबेको बसको उद्दार जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने उनले बताए । उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान भएको छैन ।  स्थानीयवासीका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । 74328121 10213106866100862 8110372901804310528 n घाइतेमध्ये ३८ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको डीएसपी काफ्लेले जानकारी दिए । नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्दारमा जुटेका थिए । प्रहरीका अनुसार केही यात्रुलाई नदीले बगाएको पनि हुन सक्ने आशंकामा खोजी जारी राखिएको छ ।75233658 10213106861060736 3988653136142139392 n