६ बैशाख २०८१, बिहीबार

हराएका बालक फेला

uddar balak

मङ्गलबार दिउँसोदेखि हराएका एक बालक आज बिहान सकुशल भेटिएका छन् । व्यास नगरपालिका–३ निवासी पवन श्रेष्ठका छ वर्षीय छोरा बिप्सन हराएकामा फेला परेका हुन् ।

अपरिचित ३० वर्षीया सविता परियारविरुद्ध बालक अपहरण मुद्दा दर्ता गरिन लागेको बालकका काका एवं अधिवक्ता त्रिभुवन श्रेष्ठले बताउनुभयो । ती महिलालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखी प्रहरीले अनुसन्धान थालेको छ ।

ती बालक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी ती महिलाको कास्की बाघमारा माइती गएको हुन सक्ने खुलेपछि प्रहरीले तदारुकता देखाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

घरपरिवारमा कसैलाई जानकारी नगराई बालक लिएर गएकाले परिवारले दिएको जाहेरीका आधारमा मुद्दा अघि बढाइने उहाँले बताउनुभयो ।

    सम्बन्धित समाचार...