१२ बैशाख २०८१, बुधबार

बलिउड अभिनेता अजय देवगणका भाई अनिलको निधन

anil devgan

बलिउड अभिनेता अजय देवगनका भाइ अनिल देवगनको सोमबार निधन भएको छ । अनिलको अचानक निधनले अहिले देवगन परिवार शोकमा छ । अनिल ५१ वर्षका थिए । उनको हृदयाघातका कारण निधन भएको बताइएको छ ।

उनको हिजो राती मुम्बईमा निधन भएको हो । यसको बारेमा अभिनेता अजय देवगणले मंगलवार दिउँसो सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।

यो दु:खद खबरको जानकारी दिँदै अजयले आफ्नो सामाजिक सञ्‍जालमा भाइको एउटा फोटो पोस्ट गर्दै लेखेका छन्,“हिजो राति मैले मेरो भाइ अनिल देवगनलाई गुमाएँ । उनको अचानक निधनले हाम्रो पूरै परिवार विछिप्त भएको छ ।”

अजय थप लेख्छन्,“परिवार र म उसको उपस्थिती याद गर्ने छौं । उनको आत्माको शान्तिका लागि प्रार्थना गर्नुहोस् । महामारीका कारण हामीले पारिवारिक भेटघाट राख्दैनौं ।”

अनिल कुनै समय बलिउडमा आवद्ध थिए । उनी दाई अजयकै कारण चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । यद्यपि अजयले जस्तो सफलताको उचाई भने चुम्‍न सकेनन् ।

सन् १९८९ तिर बलिउडमा अभिनयको यात्रा चालेका उनले सन् २००० मा निर्देशनमा मोडिए । उनले चलचित्र ‘राजु चाचा’, ‘ब्लयाकमेल’, ‘हाल–ए–दिल’मा काम गरेका छन् ।

यसका साथै उनी ‘सन अफ सरदार’ र ‘शिवाय’ का क्रियटिभ निर्देशक पनि थिए ।