१६ चैत्र २०८०, शुक्रबार

पार्टी एकताको दुई वर्षपछि नेकपा खोटाङ बल्ल पूर्ण : जिम्मेवारीको विवरण सहित

Nekapa Khotang

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले नेन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहको पार्टी कमिटि इन्चार्ज र सह–इन्चार्ज लगायत सबै जनवर्गीय सङ्गठन नेतृत्व टुङ्ग्याएको हो ।

नेकपाको पालिकास्तरीय कमिटिको अध्यक्ष र सचिवको टुङ्गो लगाएको लामो समयपछि असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउनेक्रममा पालिकास्तरीय कमिटिको इन्चार्ज र सह–इन्चार्जको टुङ्गो लगाएको जनाएको छ । नेकपा खोटाङले मङ्गलबार पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गरेर सचिवालय बैठकले पारित गरेको निर्णय सार्वजनिक गरेको छ ।

प्रचार बिभाग प्रमुख जीवन राई (सँगीन)ले दिएको जानकारी अनुसार ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज र गिरेन्द्रबहादुर राईलाई सह–इन्चार्ज, केपिलासगढी गाउँपालिकामा गृहबहादुर राईलाई इन्चार्ज र रुद्रकुमार राईलाई सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राईलाई इन्चार्ज र अकिल राईलाई सह–इन्चार्ज, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई इन्चार्ज र सन्तोष राईलाई सह–इन्चार्ज, साकेला गाउँपालिकामा बिर्सिका राईलाई इन्चार्ज र दिलकुमारी राईलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा चर्च विश्वकर्माले इन्चार्ज र इन्द्र दङ्गालले सह–इन्चार्ज, जन्तेढुङ्गा गाउँपालिकामा देवी रेग्मीले इन्चार्ज र वीरबल राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा राजन बञ्जराले इन्चार्ज र इन्द्र नारथुङ्गेले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा उदयबहादुर कार्कीले इन्चार्ज र सीताराम अधिकारीले सह–इन्चार्ज तथा बराहपोखरी गाउँपालिकामा निशाना राईले इन्चार्ज र दिलबहादुर राईले सह–इन्चार्जको भूमिका पाउनुभएको छ ।

नेकपाले क्षेत्रीय समन्वय कमिटि क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्र नम्बर २ को प्रमुखमा दिपक पाण्डे ‘आकाश’लाई जिम्मेवारी तोकेको छ । नेकपाले १८ वटा बिभागको जिम्मेवार पनि बाँडफाँड गरेको छ ।

सङ्गठन बिभागको प्रमुखमा रामप्रसाद दङ्गाल, उप–प्रमुखमा दिपक पाण्डे र सचिवमा जलशेर राई चयन हुनुभएको छ । स्थानीय तह तथा परिचालन विभागको प्रमुखमा देवबिक्रम राई, उप–प्रमुखमा लिला श्रेष्ठ र सचिवमा रमेश तिवारी, पार्टी स्कुल विभागको प्रमुखमा होमकाजी आचार्य ‘विनोद’, उप–प्रमुखमा प्रकाश चौंलागाई ‘विक्रम’ र सचिवमा विष्णु राई, आर्थिक व्यवस्थापन विभागको प्रमुखमा उपिनकुमार राई, उप–प्रमुखमा जयप्रकाश राई र सचिवमा राजन आचार्य चयन हुनुभएको छ ।

यस्तै, उदिम किराँती मुक्ति प्रमुख रहेको अनुशासन, न्याय, कानून तथा मानव अधिकार विभाग, जलसेर राई प्रमुख रहेको युवा तथा खेलकुद, सनमान खड्का प्रमुख रहेको उद्योग तथा वाणिज्य विभाग, दीपनारायण रिजाल प्रमुख रहेको पुस्तकालय तथा अभिलेख विभाग, दिलचक्र राई प्रमुख रहेको सामाजिक सुरक्षा तथा विपद व्यवस्थापन विभाग, नरेशराज राई प्रमुख रहेको भौतिक पूर्वाधार तथा पर्यटन÷अनुगमन विभाग निर्माण गरिएको छ ।

गणेश कोईराला प्रमुख रहेको कृषि वन तथा जलश्रोत विभाग, जेनी राई प्रमुख रहेको निर्वाचन विभाग, जीवन राई ‘सँगीन’ प्रमुख रहेको प्रचार तथा प्रकाशन विभाग, कल्पना चाम्लिङ ‘सोनिया’ प्रमुख रहेको साहित्य कला तथा सँस्कृति विभाग, चइन्द्र राई प्रमुख रहेको सहकारी तथा गैसस विभाग, अर्जुन खड्का ‘झङ्कार’ प्रमुख रहेको शिक्षा तथा स्वास्थ्य विभाग, मनकुमारी रसाइली ‘रश्मी’ प्रमुख रहेको उपभोक्ता हित, जनसम्पर्क विभाग र पुन्यबहादुर मगर ‘हिरण्य’ प्रमुख रहेको श्रम, रोजगार तथा गरिबी निवारण विभाग गठन गरिएको नेकपाले जनाएको छ ।

यस्तै, गीतामायाँ राईलाई महिला, लिला निरौलालाई मजदुर, मनिषा राईलाई इन्जिनियरिङ, विणादेबी राईलाई जनसँस्कृति र सम्बर भुजेललाई आदिवासी जनजाति तथा सिमान्तकृतको फाँटको जिम्मेवारी दिइएको छ । नेकपाले ५ जना सचिवालय सदस्य र १८ जना जिल्ला कमिटि सदस्य थप गरेको जानकारी दिएको छ ।

नेकपाले आफ्नो सदस्यले महिला हिंसा तथा जातीय छुवाछुत गरेको प्रमाणित भए कडाइका साथ कारबाही गर्ने जनाएको छ । जिल्लाका दलित समुदायले शुरु गरेको सङ्घर्षमा ऐक्यवद्धता जनाउँदै नेकपाले महिला हिंसा र छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भए पार्टीबाट निश्काशन गर्ने र जनप्रनिधिको उम्मेदवार बन्नसमेत बन्देज गर्ने निर्णय गरेको जिल्ला सचिव रामप्रसाद दङ्गालले जानकारी दिनुभयो ।

बैठकले ६० वर्षमुनिका एकल महिला, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति, भूपु इन्डियन र ब्रिटिस आर्मीको सामाजिक सुरक्षा भत्ता कटौति नगर्न माग गर्ने, कोरोनाको सङ्क्रमण रोकथामका लागि जनचेतनामूलक अभियान चलाउने, वडा–वडामा ‘एक कमिटि, एक उत्पादन’को अभ्यास गर्ने, जनचासोका कामलाई प्राथमिकता दिएर श्रमदानमा सरिक हुने, राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि सन्देश प्रवाह गर्ने लगायतका निर्णय गरेको जनाएको छ ।