७ बैशाख २०८१, शुक्रबार

अनलाइन पठन पाठन : विद्यार्थीलाई सफा पानीले आँखा धुन र २०-२० मिनेटमा आराम लिन आग्रह

Jageshwar Gautam

पछिल्लो २४ घण्टामा थप दुई हजार ४४० जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७८१ न्मूना परीक्षण गर्दा ९३७ महिला र एक हजार ५०३ पुरुषमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या २३ हजार ५०७ छ । यससँगै कुल सङ्क्रमितको सङ्ख्या ८९ हजार २६३ पुगेको छ । आज ११ हजार १९९ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ््क्रमणमुक्त हुनेको सङ्ख्या ६५ हजार २०२ छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ७३ प्रतिशत पुगेका छन् ।

सङ्क्रमितमध्ये १२ हजार ३१६ होम आइसोलेशनमा र ११ हजार १९१ संस्थागत आइसोलेशनमा छन् । उनीहरुमध्ये २४४ जनाको सघन उपचार कक्ष र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म दश लाख ७८ हजार २२९ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार ३३ छ ।

प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित क्रमशः १ मा ९०५, २ मा ६४२ , वाग्मतीमा आठ हजार २९६, गण्डकीमा ५०६, ५ मा ८६३, कर्णालीमा ३६८ र सुदूरपश्चिममा २२१ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा एक हजार ७५१, २ मा ४७६, वाग्मतीमा सात हजार ५३२ , गण्डकीमा ५६२, ५ मा १२५६, कर्णालीमा २६५ र सुदूरपश्चिममा ४२१ छन् ।

आजसम्म पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सिरहा, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, रुपन्देही र मोरङ छन् । त्यस्तै हाल सङ्क्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा र रुकुम (पूर्व) छन् ।

काठमाडाँैं उपत्यकाका आज एकैदिन एक हजार ५३१ सङ्क्रमित थपिएका छन् जसमध्ये काठमाडौंका एक हजार १७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन् ।
थप १९ को मृत्यु

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल सङ्ख्या ५५४ पुगेको हो ।
प्रवक्ता डा गौतमले चाडबाडका समय नजीक आएकाले भाइरस थप फैलन सक्ने हुँदा जहाँ हो सोही स्थानमा बसी मनाउन र फोनबाट आशीर्वाद लिनदिन सबैलाई अनुरोध गर्नुभएको छ ।

भाइरस सङ्क्रमितको सङ्ख्या हरेक दिन बढे पनि बजारमा सामान्य रुपमा झैँ चहलपहल बढेकाले अनावश्यक काममा भीडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । दृष्टि विशेषज्ञ सङ्घका प्रवक्ता दीपककुमार झाले अनलाइन कक्षा सञ्चालन गर्दा आँखामा तत्कालीन र दीर्घकालीन रुपमा असर पार्ने भएकाले दिनमा कम्तीमा दुई पटक सफा पानीले आँखा धुन र हरेक बीस मिनेटमा अनलाइन कक्षाबाट केही समय आराम लिन शिक्षकविद्यार्थीलाई सुझाव दिनुभयो ।