६ चैत्र २०८०, मंगलवार

गाँजासहित तीन पक्राउ

arest 1

दश केजी गाँजासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी लेवटबाट खटिएको टोलीले हेटौंडा–३ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा प्रदेश–३–०३–००१ ज ००१२ नम्बर यात्रुवाहक म्याजिक चेक गर्दा त्यसमा सवार यात्रीलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१९ का ४६ वर्षीय वीरबहादुर घलान, मनहरी गाउँपालिका–५ का ४० वर्षीया सृजना तामाङ र कैलाश गाउँपालिका–१० का २४ वर्षीय प्रकाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुले बोकेको झोलामा १० केजी दुई सय ८८ ग्राम गाँजा फेला परेको बताइएको छ । गाँजासहित पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि बेवारिस अवस्थामा रहेको २ सय २९ केजी गाँजा पनि प्रहरीले बरामद गरेको थियो ।