६ बैशाख २०८१, बिहीबार

प्लाज्मा बैंकलाई अभियानको ११ लाख सहयोग

Plasma Therapy
सांकेतिक तस्विर

नेपाल रेडक्रस सोसाइटी झापाले स्थापना गरेको प्लाज्मा बैंकलाई एकका लागि एक अभियानले रु. ११ लाख आर्थिक सहयोग गरेको छ ।

यसअघि अभियानले रु. एक करोडको लगानीमा कनकाई नगरपालिकास्थित कोटीहोममा पिसिआर प्रयोगशाला स्थापना गरी मेची अञ्चल अस्पताललाई हस्तान्तरण गरेको थियो ।

पिसिआर ल्याब स्थापनाको सफलतापछि कोरोना सङ्क्रमितका लागि प्लाज्मा थेरापी गर्न स्थापना गरेको प्लाज्मा बैंक सञ्चालनमा अभियानले सो रकम सहयोग गरेको हो ।

आजदेखि रेडक्रसको विर्तामोड कार्यालयमा सञ्चालनमा आएको बैंकमा तीन जनाले प्लाज्मा दान गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।