१३ बैशाख २०८१, बिहीबार

तीन वर्षभित्र खरका छाना विस्थापन गरिने

oli house
फाइल फोटो

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताउनुभएको छ ।

विश्व बसोबास दिवसको शुभकामना दिँदै उहाँले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाउनुभएको हो । राज्यमन्त्री मानन्धरले बेसाहरा नागरिकको संरक्षण गर्ने दायित्व राज्यले पूरा गर्ने जनाउँदै विपन्न नागरिकलाई सुरक्षित आवास दिलाउन सरकार लागि परेको र आवासको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा रहेको बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण विकासमा केही बाधा देखिएको उल्लेख गर्दै उहाँले अब कोरोनाबाट जोगिँदै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाइने बताउनुभयो ।