७ बैशाख २०८१, शुक्रबार

देशभरको ६२ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा, १९ को निधन, संक्रमण मुक्त भए १,१३३

corona virus graph

नेपालमा आज (सोमवार) १३,७८१ पिसिआर टेस्ट भएकोमा थप २,४४० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने २३,५०७ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ । हाल क्वारेन्टाइनमा ४,०३३ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,१३३ जना र आज सम्म ६५,२०२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकमा कोरोना संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ गरी जम्मा १,५३१ जना नयाँ संक्रमित थपिएका छन ।

प्रदेश अनुसार आईसियुमा २४४ जना उपचाररत छन जसमा प्रदेश १ मा ३०, प्रदेश २ मा १७, बाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४७ जना, कर्णाली प्रदेशमा १६ जना, सुदुर पश्चिम प्रदेशमा ४ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा ४ जना, प्रदेश २ मा २ जना, बाग्मती प्रदेशमा ३१ जना र प्रदेश ५ मा ६ जना गरी जम्मा ४३ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा १९ जनाको निधन भएको छ । हालसम्म मृतक ५५४ जनामा कोरोना पुष्टि भएको छ।