१३ बैशाख २०८१, बिहीबार

एउटै कलमको मूल्य एक लाख

caran balpen

एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा बढी छ । प्रत्येक वर्ष चित्रगुप्त पूजाको अवसरमा बिक्री हुने गरेको कलम यस वर्ष एक लाख १०५ मा बिक्री भयो ।

राजविराज–८ निवासी रेखादेवी कर्णले उक्त कमल खरिद गरिन् । राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित एक कार्यक्रममा उक्त कलम कर्णलाई हस्तान्तरण गरिएको थियो ।

कलमका देवता तथा मानिसको पाप र पुण्यको लेखाजोखा राख्ने देउताको रुपमा भगवान् चित्रगुप्तको पूजा गरिन्छ । चित्रगुप्तको पूजामा चढाइने कलम खरिद गर्ने व्यक्तिले चाँडै आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्ने विश्वास छ । अन्नपूर्ण पोस्ट्

    सम्बन्धित समाचार...