१७ बैशाख २०८१, सोमबार

सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको निधन

death

सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिन अघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए । ती पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो ।

यसअघि भक्तपुर अस्पतालमा उपचाररत् सप्तरीका ४८ वर्षीय पुरुषको हिजो साँझ सङ्क्रमणबाट मृत्यु भएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १२ गते अस्पतालमा भर्ना भएका उहाँको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा सुनिल ढुंगेलले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको जनाइएको छ । सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।