१३ बैशाख २०८१, बिहीबार

धान ‘थ्रेसिङ’ गर्दा महिलाको निधन

death women

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो । “खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, “ट्र्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।”

उहाँले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिनुभयो ।

राँगाको मासु खाँदा १४ बिरामी

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताउनुभयो । बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ ।

“स्थानीय बङ्गला चदाराले दुई दिनअघि राँगाको मासु बिक्री गरेको रहेछन्”, प्रवक्ता थापाले भन्नुभयो, “त्यही मासु खाएर स्थानीय बिरामी परेको हुन भन्ने खबर छ ।”