१२ बैशाख २०८१, बुधबार

१२ वर्षीया बालिका हत्या गर्ने पक्राउ

Dead body bw

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

धामी हरेर आमाबुवा राति आउँदा कोठामा बालिका मृतावस्थामा

शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो । त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

‘लैला’ले पुर्‍यायो रञ्जितको घर

बालिकाको शव भेटिएपछि प्रहरीले अभियुक्त खोज्न कुकुरको सहायता लिएको थियो । संघीय प्रहरी इकाई धरानबाट लगिएको ‘ट्रयाकिङ डग लैला’ घटना स्थलबाट रञ्जितको घरसम्म पुग्यो । त्यसपछि प्रहरीले रञ्जितलाई पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार मृतक बालिकालाई रञ्जितले भान्जी भन्थे । राति बलात्कार प्रयास गर्दा हात टोकेपछि आवेगमा हत्या भएको हो । तर सुनसरीका प्रहरी उपरीक्षक थापा बलात्कारपछि हत्या भयो भन्ने स्पष्ट आधार नभेटिएको बताउँछन् ।

‘राईको संलग्नता खुलेपछि आज म्याद थप गरेर अनुसन्धान गर्दैछौं’ उनले भने ‘अनुसन्धान जारी छ । प्रारम्भिक अनुसन्धानमा बलात्कार प्रयासको विषय आरोपीले स्वीकार गरेका छैनन् ।’ आरोपीले आफूलाई गरिब भनेको झाँेकमा हत्या गरेको बयान दिएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।