१३ बैशाख २०८१, बिहीबार

वडाध्यक्ष खरविन्दको निधन

Nidhan

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् ।

वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । यसअघि गत भदौ १४ गते यसै नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।