७ बैशाख २०८१, शुक्रबार

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको ज्यान गयो, दुईको जीवितै उद्दार

Ukraine Plane Crash 34207

युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ ।

वायुसेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ-२६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको बिबिसीले जनाएको छ ।

चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुई जना घाइतेको जीवितै उद्धार गरिएको छ ।

दुर्घटनामा परेको विमानमा आगो लागेको थियो जसलाई केहीबेरमा नियन्त्रणमा लिइएको थियो ।

विमानमा सवार तीन जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भैरहेको छ । विमान दुर्घटनाको कारण भने खुलेको छैन ।

ukraine air crash 1

खार्किभका क्षेत्रीय गभर्नर ओलेक्सी कुचेरका अनुसार प्रारम्भिक सूचनामा एक जना पाइलटले दुर्घटना हुनुभन्दा केही समयअघि एउटा इन्जिनमा खराबी आएको रिपोर्टिङ गरेका थिए ।

तर यो समस्या दुर्घटना नै निम्तिनेसम्मको गम्भीर नहुनुपर्ने र घटना निकै आश्चर्यजनक र दुखद भएको कुचेरलाई उद्धृत गर्दै युक्रेनी समाचार एजेन्सीले जनाएको छ ।

    सम्बन्धित समाचार...