८ बैशाख २०८१, शनिबार

कुटपिटबाट युवकको निधन

beating

यहाँ एक युवकको कुटपिटबाट मृत्यु भएको छ । कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार सामान्य वादविवाद हुँदा टालेलेगाउँका २२ वर्षीय अर्जुन सिंहको कुटाइबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख यामबहादुर मल्लले बताउनुभयो । सिंहलाई स्वास्थ्य सेवा कार्यालय उपचार गर्दागर्दै आज दिउँसो साढे १ः०० बजे मृत्यु भएको मल्लले जानकारी दिनुभयो ।

आक्रमणमा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । कुटपिट गर्ने सिंह अहिले फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा टेलिफोन सम्पर्क नभएका कारण थप विवरण आउन नसकेको प्रहरीको भनाइ छ ।