१६ चैत्र २०८०, शुक्रबार

बारबर्दियामा पाँचका लागि दिन निषेधाज्ञा

Bardiya Province5

बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार रात्री १२ बजेदेखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताउनुभयो ।