
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित ‘प्रश्नउत्तर’ कविताको ‘उद्देश्य के लिनु–उडी छुनू चन्द्र एक……’ भन्ने हरफ जस्तै छ उहाँको सोच र सपना पनि जो कोही मानिस आफ्नो लक्ष्य उदेश्य अनि गन्तव्यमा पुग्नका लागि ठोस योजना बनाएर दृढ संकल्पसहित निरन्तर लागि नै रहनुपर्छ । र त ढिला चाँडो सफल होइन्छ । ठिक यस्तै सूत्र अपनाइरहनु भएको छ उहाँले नेपाली चलचित्र क्षेत्रमा उदाए सँगै एकाएक चम्किने रणनीति बनाउनुभएका नायक देव सागरको चर्चा हो यो ।
सानै देखी गीत–संगीत, खेलकुद र मोडलिङ भने पछि हुरुक्कै हुनुहुने बहुप्रतिभाका धनी देव सागर विधिवतरुपमा भने केही वर्ष अघी साली कस्को भेनाको नामक चलचित्रमा नव नायककारुपमा डेब्यु गर्नु भएको हो ।
सुर्खेत जिल्लामा जन्मिनुभएका देव सागर काठमाडौंलाई कर्म थलो बनाउने सोच भएका देव सागर उहाँले विभिन्न दर्जन भन्दाबढी म्युजिक भिडियोहरुमा अभिनय गरी सक्नु भएको छ । उहाँको यस यात्रामा अब भने फरक कोण भिन्न खालको चलचित्रबाट दर्शक माझ आउने प्रतिवद्धता गर्नुहुन्छ ।