१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय टिमको कप्तान पदबाट पारस खड्काले दिए राजीनामा

62446089 2319619188076250 7196560017636458496 n

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सर्शत फुकुवा गरेको भोलिपल्ट नै पारसले यस्तो निर्णय सार्वजनिक गरेका छन् ।

आफ्नो फेसबुक पोष्टमा पारसले निलम्बन फुकुवा भएकोमा खुसी व्यक्ति गर्दै नयाँ कार्यसमितिलाई नेपालको क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम गर्न शुभकामना दिएका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी-ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो ।

कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।