१३ बैशाख २०८१, बिहीबार

किसानको समस्या पहिचान गर्न घुम्ती शिविर सञ्चालन

agro Mobile camp dailekh

जिल्लाको दुल्लू नगरपालिकाले किसानको समस्या पहिचानको लागि घुम्ती शिविर सञ्चालन गरेको छ ।

आइतबार दुल्लू नगरपालिका वडा नं १२ का वडा अध्यक्ष खगेन्द्र थापाको अध्यक्षतामा कर्णाली प्रदेश सरकार भूमि ब्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय एकिकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजनामा १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न भएको हो ।

वडा अध्यक्षको अध्यक्षतामा भएको एक दिने शिविरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा दुल्लु नगरपालिका मेयर घनश्याम भण्डारीले दुल्लू नगरपालिका भित्रका किसानहरुले भोग्दै आएका कृषि सम्बन्धी हरेक समस्यालाई पहिचान गरी किसानका समस्याको सामाधान गर्न आफु लागि परेको बताए ।

कृषिमा समस्या पहिचान गरी कृषकका समस्या सामाधान र पहिचान गरी १ सय २० परिवारलाई विषाधी वितरण गरिएको दुल्लु नगरपालिका कृषि शाखाका प्राविधिक राजन कुमार विष्टले बताए ।

उक्त शिविरमा दुल्लु नगरपालिका वडा नं १२ कालभैरवका किसान, दुल्लू नगरपालिका उपप्रमुख विष्णु थापा,लगायतको उपस्थीती रहेको थियो ।