६ बैशाख २०८१, बिहीबार

क्रिस्टियानो रोनाल्डोले पूरा गरे सात सय गोल

cristiano ronaldo 111019

क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार युरो छनोट अन्तर्गत युक्रेनविरुद्वको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका हुन् ।

३४ बर्षका रोनाल्डोले पेनाल्टिमा गोल गरेका थिए । तर खेल पोर्चुगलले २–१ ले गुमाएको थियो । रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा सो गोल संख्या पुरा गरेका छन् । उनले पोर्चुगलका लागि ९५ औ गोल पुरा गरेका छन् ।

युक्रेनले पोर्चुगलविरुद्व जित निकाल्दै समुह बीबाट युरो कपमा छनोट भएको छ । रोनाल्डोले ७ सय गोल पुरा गर्दै केही लिजेण्ड खेलाडीको सुचिमा अटाएका छन् । तर रोनाल्डो चेक–अष्ट्रेलियन जोसफ बिकानको ८ सय ५ गोल भन्दा धेरै पछाडी छन् ।

त्यस्तै ब्राजिलका रोमारियो ९७ सय ७२०, पेले ९७ सय ६७०, हंगेरीका लिजेण्ड फेरेन्क पुस्कास ९७ सय ४६० र जर्मनीका थोमस मुलर ९७ सय ३५० गोल भन्दा पछाडी परेका छन् ।

    सम्बन्धित समाचार...