७ बैशाख २०८१, शुक्रबार

मलंगवामा कर्फ्यु जारी

dao sarlahi

सर्लाही सदरमुकाम मलंगवा-३ विश्वकर्मा चोकमा मुस्लिम र हिन्दु समुदायबीच झडप पछी तनाव उत्पन्न भएको छ। झडपलाई लिएर प्रशासनले शनिबार १:३० बजे देखी आइतबार बिहान ८ बजे सम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

विश्वकर्मा पूजाको मूर्ति सेलाउन जाने क्रममा नजिकैको मस्जिद निर आईपुग्दा ट्याक्टरमा बाजा बजाएको विषयलाई लिएर मुस्लिम समुदायका मानिसहरु आएपछी वाद विवाद भएको थियो । वाद विवाद बढ्दै जाँदा त्यस्ले झडपको स्थिती निम्त्याएको थियो । झडप भएपछि दुबै पक्षबीच ढुंगामुढा समेत भएको थियो।

झडप बढेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो तर शनिबार बिहानदेखि अवस्था फेरी तनावपूर्ण हुँदै गएपछी प्रशासनले कर्फ्यु जारी गरेको हो। हाल मूर्तीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।