१६ चैत्र २०८०, शुक्रबार

आइपीएलको १३ औँ सिजन आजदेखि, उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्ने

csk vs mi

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १३ औँ सिजन आजदेखि सुरु हुँदैछ ।

युएईको अबुधाबीमा साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नाई सुपर किङ्सबिच आइपीएल १३ औँ सिजनको उद्घाटन खेल हुने छ।

खेल नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे सुरु हुने खेलमा रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई सुखद सुरुवात गर्न चाहन्छ भने महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा उत्रने चेन्नई बदला लिन चाहन्छ । कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा स्वास्थ्यप्रति उच्च सुरक्षा सतर्कता अपनाउँदै आएपीएलका खेल सञ्चालन हुँदै छन् ।

नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्चावबीचको खेल आइतबार राति पौने आठ बजे हुनेछ।

कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा स्वास्थ्यप्रति उच्च सुरक्षा सतर्कता अपनाउँदै आएपीएलका खेल सञ्चालन हुँदै छन्। तर युएईमा अत्यधिक गर्मी खेलाडीहरुलाई नयाँ चुनौती बनेको छ।

अधिकांश खेलहरु सञ्चालन हुँदा मैदानमा तापक्रम ४० डिग्रीको आसपासमा रहने भएपछि खेलाडीहरु समस्यामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।