८ बैशाख २०८१, शनिबार

विवादित रोशनी शाही र उनका श्रीमानबीच सम्बन्धविच्छेद !

Capture

कृष्ण बहादुर महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर चर्चामा आएकी रोशनी शाही र उनका श्रीमानबीच सम्बन्धविच्छेद भएको छ ।

रोशनी र उनका पति चित्र जंग शाहीले सहमतिमै सम्बन्धविच्छेद गर्ने निर्णय गरेका हुन् । यद्यपि उनीहरुको सम्बन्धविच्छेदले कानुनी पूर्णता पाउन बाँकी नै छ ।

‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ ।


पति चित्र जंग शाहीले फेसबुकमा आफूहरु दुवैले सम्बन्धविच्छेद गर्न सहमत भएको व्यहोरा लेखि दुवैले हस्ताक्षर गरेको कागज पोस्ट गर्दै यसको जानकारी दिएका हुन् । रोशनी शाहीले आइतबार एक मिडियालाई भिडियो अन्तरवार्ता दिँदै महराले आफूलाई जबरजस्ती करणी गरेको बताएकी थिइन् ।

तर, फेरि आफ्नै आरोपको खण्डन हुने गरी महरा आफ्नो बाबुसमानको व्यक्रि भएको भन्दै कुनै बलात्कार नभएको दाबी गरेकी थिइन् । रोशनी बुधबारमात्रै आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन समेत दर्ता गराएकी छिन् ।

71347874 2509881659101058 8048140337513758720 n 607x650