१३ बैशाख २०८१, बिहीबार

संविधानको मर्म र भावना व्यवहारमा रुपान्तरण गर्न शेरचनको आह्वान

amik sherchan
फाइल फोटो

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सःुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

आजको दिनले हामी सबैमा समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले जनतालाई राजनीतिक परिवर्तनको महसुस हुने गरी संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न आआफ्ना तर्फबाट इमान्दार र प्रभावकारी कार्यान्वयनका लागि आह्वान गर्नुभएकोे छ ।

राष्ट्रिय समृद्धिको प्रमुख बाधक भ्रष्टाचार र कमिशनतन्त्रविरुद्ध जुट्नका लागि राष्ट्रिय सङ्कल्पका लागि आग्रह गर्दै उहाँले कोभिड–१९ को सङ्क्रमणबाट बच्न सजग र सतर्क रहन उहाँले सन्देशमा अनुरोध गर्नुभएको छ ।