
कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ वर्षीय पत्रकार निर्मला पहराइ शुक्रवार वडा नम्बर ५ मा मृत फेला परेकी हुन्।
पहराई सोही नगरपालिकाको वडा नम्बर ५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

उनी सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन्।
इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरीक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रहरीका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन्।
तीन दिनअघि घरबाट सुख्खड जान्छु भनी हिँडेकी उनी त्यसयता सम्पर्क विहीन थिइन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
