१६ चैत्र २०८०, शुक्रबार

धरान उपमहानगरले शुरु ग¥यो अनलाइन कर सेवा

dharan upamahar

धरान उपमहानगरपालिकाले अनलाइन कर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । अब घरबाटै वा संसारको जुनसुकै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।

आजदेखि पूर्णरुपमा काम शुरु भएको उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिनुभयो । विहबिार नगरप्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीको घर जग्गाको कर अनलाइनमार्फत तिरेर सेवा शुभारम्भ गरिएको थियो । उपमहानगरपालिकामा जनता आफै उपस्थित भएर कर तिर्न कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अनलाइन सेवा शुरु गरिएको उपप्मुख भण्डारीले बताउनुभयो ।

कर तिर्नका लागि नाम टिपाएपछि उपमहानगरले युजर र पासवर्ड वितरण गर्नेछ । त्यसपछि स्वदेश तथा विदेश जहाँबाट पनि नेपालको कुनै बैंकमा रहेको आफ्नो खाताबाट कनेक्ट आइपिएसका माध्यमबाट वा इ सेवा बालेटबाट सजिलै कर तथा राजश्व भुक्तानी गर्न सकिने सूचना अधिकृत खतिवडाले जानकारी दिनुभयो ।