१५ चैत्र २०८०, बिहीबार

गाउँमै निःशुल्क पढाइ

high school nepal

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा कक्षा ११ र १२ निःशुल्क पढाइने भएको छ । गाउँपालिकाको वडा नं ३ धुस्कुनमा रहेको महेन्द्रप्रताप माध्यामिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क पढाउने भएको हो । सरकारले प्रत्येक बालबालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क पाउने भनेर घोषणा गरेको भए पनि हालसम्म कुनै पनि विद्यालयमा त्यस्तो व्यवस्थाका छैनन् ।

एसइईपछि आफूले इच्छाएको विषय अध्ययन गर्न महङ्गो खर्चमा आफ्नो गाउँ छोडेर सहर बजार जाने विद्यार्थीलाई आफ्नै गाउँमा निःशुल्क शिक्षा पाउने वातावरण सिर्जना भएपछि घट्दै गएको विद्यार्थी सङ्ख्या बढ्ने विश्वास गरिएको छ । विद्यार्थी तथा अभिभावकलाई पनि अर्थिक भार नहुने हेतुले उक्त अभियान शुरु गरिएको वडाध्याक्ष सुकदेव रिसालले बताउनुभयो ।

रिसालको यो अभियानमा विद्यालयले भर्ना कार्यक्रम शुरु गरिसकेको छ भने उक्त अभियानलाई सहजताका साथ अघि बढाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम न्यौपाने र प्रध्यानाध्यापक सुरज भट्टराई पनि लागि पर्नुभएको छ ।