७ बैशाख २०८१, शुक्रबार

२ हजार नाघ्यो संक्रमित संख्या, संक्रमित संख्यामा नयाँ किर्तिमान

corona testkit scaled

नेपालमा आज (शुक्रवार) ११,४५८ पिसिआर टेस्ट भएकोमा थप २०२० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १७,३८३ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ । हाल क्वारेन्टाइनमा ७,७३६ जना रहेका छन । पछिल्लो २४ घण्टामा ८७१ जना र आज सम्म ४३,८२० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रदेश अनुसार आईसियुमा १७३ जना उपचाररत छन जसमा प्रदेश १ मा ७, प्रदेश २ मा ४, बाग्मती प्रदेशमा १२६, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २० जना, कर्णाली प्रदेशमा १० जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा १ जना, बाग्मती प्रदेशमा ३४ जना र प्रदेश ५ मा १ जना गरी जम्मा ३६ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ७ जनाको निधन भएको छ । हालसम्म मृतक ३९० जनामा काेराेना पुष्टि भएकाे छ।