१३ बैशाख २०८१, बिहीबार

१,२४६ जनामा कोरोना संक्रमण, १,२४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज

corona 1

नेपालमा आज (बिहिवार) १०,६४१ पिसिआर टेस्ट भएकोमा थप १,२४६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १६,२४१ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ । हाल क्वारेन्टाइनमा ७,८८३ जना रहेका छन । पछिल्लो २४ घण्टामा १२४३ जना र आज सम्म ४२,९४९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रदेश अनुसार आईसियुमा १८२ जना उपचाररत छन जसमा प्रदेश १ मा ७, प्रदेश २ मा ९, बाग्मती प्रदेशमा १२९, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना रहेका छन । त्यसैगरी प्रदेशान्उसार भेन्टीलेटरमा प्रदेश १ मा १ जना, बाग्मती प्रदेशमा ३७ जना र सुदुर पश्चिममा १ जना गरी जम्मा ३९ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ४ जनाको निधन भएको छ । हालसम्म मृतक ३८३ जनामा काेराेना पुष्टि भएकाे छ।