१६ चैत्र २०८०, शुक्रबार

स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा उप्रेती

Dr. Senendra Upreti

स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

यस्तै सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त हुनुभएको छ । उहाँ दुवै जनालाई अध्यक्ष डा उप्रेतीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ ।

    सम्बन्धित समाचार...