८ बैशाख २०८१, शनिबार

दैलेखमा प्रदेश लेखा इकाई स्थापना

dailekh pradesh ikai

दैलेख जिल्लामा प्रदेश लेखा इकाईको कार्यालय स्थापना गरिएको छ ।

कर्णाली प्रदेश मातहतका कार्यक्रम तथा बजेट निकासा सहज बनाउने उद्देश्यले कर्णालीका ९ वटा जिल्लामा प्रदेश लेखा इकाई स्थापना गर्ने कर्णाली प्रदेश सरकारको योजना अनुसार दैलेखमा पनि प्रदेश लेखा इकाई कार्यालयको स्थापना गरिएको हो ।

दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं ६ नेपाल टेलिकमको कार्यालय नजिकै यसको कार्यालय स्थापना भएको हो । यसपछी अब एउटै लेखा कार्यालयमा लाग्ने भिडभाड कम हुने भएको छ । संघ र स्थानिय सरकारका काम कार्वाही तथा बजेटको बारेमा कोष तथा लेखा कार्यालय दैलेखले हेर्ने र प्रदेश मातहतका योजना तथा कार्यक्रम,बजेटको बारेमा कर्णाली प्रदेश लेखा कार्यालय दैलेखले हेर्ने जनाईएको छ ।

हरेक कामहरु एउटै कार्यलयबाट हुँदै आएकोमा हाल २ वटा लेखा कार्यालयको स्थापना भए संगै एउटै कार्यालयबाट हुने झनझट कम हुने भएको हो ।

देश संघियतामा गए संगै हरेक कार्यलयहरु संघीय संरचनामाजाने काम भईरहेको छ । यसअघि कोष तथा लेखा कार्यलयमा प्रदेशको योजना हर्ने छुट्टै इकाई रहे पनि हाल भने छुट्टै कार्यालय स्थापना गरिएको कर्णाली प्रदेश इकाई कार्यालय दैलेखका इकाई प्रमुख हरी बहादुर थापाले नेपाल घटनालाई जानकारी दिए ।

आइतबार प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा माननीय सभामुख राजबहादुर बुढाले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन कार्यक्रमा भूमि कृषि तथा सहकारी मन्त्री मिमला केसी, दैलेख क्षेत्र नं. १ (ख)का प्रदेश सभा सांसद अम्मर बहादुर थापा, नारायण नगरपालिका मेयर रत्न बहादुर खड्का लगायत जिल्ला भित्रका सरकारी तथा गैर सरकारी कार्यालयका कार्यलय प्रमुखहरुको उपस्थीती रहेको थियो ।