१५ चैत्र २०८०, बिहीबार

विद्युत प्राधिकरणबाट औपचारिक बिदा भए कुलमान, संस्थामा नेतृत्व परिवर्तन हुनु स्वभाविक प्रक्रिया हो: घिसिङ

kulman farewell

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट औपचारिक रुपमै बिदाई भएका छन । घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका हुन् ।

मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् ।

आइतबार कार्यकाल सकिएका घिसिङ्गको प्राधिकरणका कर्मचारीले बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् । त्यस क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् । कोभिड–१९ का कारण भिडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारीहरुको उपस्थितिमा मात्र बसेर बिदाई गरिएको हो ।

सोमबारको मन्त्री परिषद बैठकले प्राधिकरणले कार्यकारी निर्देशकको बिषयमा कुनै निर्णय नगरेपछि कुलमानलाई बिदाई गर्न लागीएको हो। ४ वर्षे कार्यकाल पुरा गरेर उज्यालो नेपाल बनाएका कुलमान घिसिङले आफ्नो कार्यकालमा वाहवाही कमाएका थिए ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको धारणा राखे ।

उनले सुरुमा घिसिङले जिम्मेवारी सम्हाल्दा माफियाको चङ्गुलमा फस्नुहुन्छ कि भन्ने डर लागेपनि पछि धेरै नाफा हुने संस्थानको रुपमा प्राधिकरणको विकास गर्न सफल भएकोमा सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा बाँकी नै रहेको बताए ।

‘हामीले पहिलो कार्यकालका रुपमा आज उहाँको बिदाइ गर्दैछौ । अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्’, उनले भने ।

बिदाइ मन्तब्य राख्दै उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कुलमानलाई कार्यकारी निर्देशकको कार्यकाल पूरा भएको उपलक्ष्यमा मात्र नभैई प्राधिकरणमा २६ बर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरिएको बताए ।

प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठेपनि सरकारले निर्णय लिइसकेको छैन । 

प्राधिकरणबाट बिदा हुँदा भाबुक बनेका घिसिङ्गले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिदै प्राधिकरण देशकै नाफामुखी सस्थान र देश लोड सेडिंग मुक्त भएकोमा खुसी प्रकट गरे।