११ बैशाख २०८१, मंगलवार

‘कोभिड १९’ बाट विश्वमा नौ लाख ३२ हजार भन्दा बढीको निधन

coronavirus brazil reports deaths
फाइल फोटो

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १२ लाख ७९ हजार ८३३ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ३३ हजार १११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६७ लाख ४९ हजार २८९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख २७ हजार ८२६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९९ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा ४९ लाख ३० हजार २३६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३८ लाख ५९ हजार ३९९ कोरोना भाइरस मुक्त भएका छन् भने ८० हजार ८०८ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४३ लाख ४९ हजार ५४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३६ लाख १३ हजार १८४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३२ हजार ११७ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ६८ हजार ३२० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ७८ हजार ७०० कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ६३५ जनाको मृत्यु भएको छ ।
पेरुमा ७ लाख ३३ हजार ८६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ७३ हजार ३६४ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ८१२ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ७ लाख २१ हजार ८९२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख ६ हजार ९२५ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार १२३ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ७१ हजार ७१६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७५ हजार ७९५ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ४९ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ५० हजार ७४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ७९ हजार २८९ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४९९ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५ लाख ९३ हजार ७३० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ८४८ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ५ लाख ६५ हजार ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २८ हजार ९५३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ६६७ जनाको मृत्यु भएको छ ।