१५ चैत्र २०८०, बिहीबार

कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको निधन

death body 696x392 1

कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक महिलाको मृत्यु भएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

लामो समयदेखि ज्वरो आइरहेका ती महिला जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमै पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।

उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रमुख यादवले बताउनुभयो । योसँगै सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख््या ११ पुगेको छ ।