१३ बैशाख २०८१, बिहीबार

काठमाडौं उपत्यकामा थपिए ५१२ संक्रमित, २४ घण्टामा १५ जनाको निधन

MC Dhambojhi

नेपालमा आज (सोमवार) १०,८७८ पिसिआर टेस्ट भएकोमा थप १,१७० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १५,३९३ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ । हाल क्वारेन्टाइनमा ६,८९२ जना रहेका छन । पछिल्लो २४ घण्टामा ८७९ जना र आज सम्म ३९,५७६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना गरेर उपत्यकामा ५१२ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५९७ रहेको थियो ।

प्रदेश अनुसार आईसियुमा १७९ जना उपचाररत छन जसमा प्रदेश १ मा ५, प्रदेश २ मा ९, बाग्मती प्रदेशमा १२९, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २० जना, कर्णाली प्रदेशमा १० जना रहेका छन । त्यसैगरी प्रदेश १ मा एक जना, बाग्मती प्रदेशमा २६ जना, प्रदेश ५ मा १ र सुदुर पश्चिममा १ जना गरी जम्मा २९ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा १५ जनाको निधन भएको छ । हालसम्म मृतक ३६० जनामा काेराेना पुष्टि भएकाे छ।