७ बैशाख २०८१, शुक्रबार

कोहलीले गरे धोनीको सन्यास को इशारा

dhoni kholi

कप्तान विराट कोहलीले आफ्नो सोशल मीडियामा फोटो शेयर गर्दै धोनीले क्रिकेटबाट अवकाश घोषणा गर्ने संकेत दिएका छन्। कोहलीले २०१६ को टी २० विश्वकपको महत्त्वपूर्ण लिग म्याचको फोटो सोशल मीडियामा साझा गरेका छन् ।सो खेलमा विराट कोहली र एमएस धोनी ले अष्ट्रेलिया बिरूद्ध खेलेको उनको अविस्मरणीय इनिंगको बारेमा लेखेका छन् “एउटा खेल म कहिले भुल्दिन, त्यो बिशेष रात , उनले मलाई फिट्नेस टेस्टमा जस्तै दौडन लगाए” । भारतले ६ विकेटले खेल जित्यो र टीम सेमिफाइनलमा पुगेको थियो।

धोनीको संन्यासबारे अहिलेसम्म कुनै आधिकारिक बयान छैन, तर यस्तो अवस्थामा विराट कोहलीको यो फोटो साझा गर्नु कुनै संयोग होईन। तर क्रिकेट प्रेमीहरुमा कोहलीको यो पोष्ट पछि धोनीको संन्यासको बारेमा अनुमान लगाइएको छ।

धोनीले वेस्टइंडीजको भ्रमणबाट आफूलाई टाढा राखेका थिए किन भने उनी भारतीय सेनामा सेवा दिन चाहन्थे र उनी लेफ्टिनेन्ट कर्नल (मानद डिग्री) को रूपमा प्रशिक्षण चाहन्थे। धोनी भर्खरै जम्मू कश्मीरबाट आफ्नो प्रशिक्षण र कर्तव्य पूरा गरेर फर्के र अमेरिका गए, जहाँ उनलाई गोल्फ खेलिएको देखिन्थ्यो।

चाखलाग्दो कुरा के छ भने, अब अन्तिम निर्णय धोनीले लिनुपर्नेछ तर यी समाचारहरूले धोनीका फ्यानहरूलाई निरुत्साहित पार्नेछ। यद्यपि यस बारे विश्व कपदेखि नै अड्कल लगाइदैछ, तर अब शायद यसलाई स्वीकार्ने समय आइसकेको छ।

    सम्बन्धित समाचार...