१२ बैशाख २०८१, बुधबार

कुलमान घिसिङ आजदेखि पदमुक्त ! अब के होला ?

Kulman Ghising Nepal Electricity Authority MD

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिंदैछ । प्राधिकरणको कार्यकारी पद आजदेखि खालि भए पनि प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको प्रस्ताव अझैसम्म पनि क्याबिनेट नगएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

नेपाललाई दैनिक १८ घण्टा लामो लोडसेडिङ मुक्त गरेर वाहावाही पाएका घिसिङलाई सरकारले पुनः नियुक्त नगरे आज राति १२ बजेबाट उनी प्राधिकरणबाट बाहिरिने छन ।

चार वर्षअघि २९ भदौ २०७३ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिएसँगै प्राधिकरणको नेतृत्व सम्हाल्न एक महिना अघिदेखि नै दौड सुरु भइसकेको छ । घिसिङ फेरि कार्यकारी निर्देशको रुपमा नियुक्त हुन्छन् वा सरकारले उनको ठाँउमा अन्य कुनै व्यत्तिलाई चयन गर्छ भन्ने यतिवेला सर्वत्र चर्चा र चासोको विषय बनेको छ ।

सर्वसाधारणले भने उनलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्नुपर्ने आवाज उठाइरहेका छन् । प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना रहेको स्रोतले बताएको छ । मन्त्रालय स्रोतका अनुसार, ऐनअनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ, विद्युत् प्राधिकरणको कार्यकारी पदमा पुनर्नियुक्ति भन्दा पनि नयाँ नियुक्ति गर्नुपर्ने भएका कारण आज कार्यकाल सकिए पनि २९ भदौसम्म निर्णय हुनेछ ।

घिसिङको कार्यकाल सकिनुभन्दा एक महिना अघिदेखि सामाजिक सञ्जालमा घिसिङलाई नै आगामी कार्यकालका लागि जिम्मेवारी दिनुपर्ने जोडदार माग उठिरहेको छ । सर्वसाधारण, कलाकारदेखि उनको पक्षमा रहेका नेता कार्यकर्तासमेत रहेका छन् ।

यसबीच ऊर्जा मन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा सकारात्मक रहेको स्रोतले बतायो । यसअघि ऊर्जामन्त्री पुनको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको अनौपचारिक छलफलमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको स्रोतले बताएको छ । त्यस्तै, नेकपाका अर्का अध्यक्ष पनि घिसिङको विकल्प खोज्ने पक्षमा नरहेको स्रोतले बतायो । यत, कुलमानलाई पुनः नियुक्त गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल पनि लागिपरेको खबरहरु बाहिर आइरहेका छन् ।

तर, नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रतिस्पर्धाका आधारमा मात्र प्राधिकरणको कार्यकारी निर्देशकको चयन गर्ने बताउँदै आएका छन् । त्यसैले उनलाई पुनः नियुक्त गर्ने वा नगर्ने विषय प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा नै रहेको देखिन्छ । घिसिङ ४ वर्ष पहिले २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गर्दै आमजनमानसमा लोकप्रिय बनेका घिसिङ आफैं एक कार्यकाल दो-याउन चाहन्छन् । घिसिङले प्राधिकरणको ३५औं वार्षिक साधारण सभामा प्रसारण लाइन, भारत र बंगलादेशमा विद्युत् बिक्रीलगायतका योजना कार्यान्वयनका लागि कार्यकाल थपको मनसाय राखेका थिए । केही दिन अघिदेखि सामाजिक सञ्जालमा पनि उनकै कार्यकाल दोहो-याउनुपर्ने जोडदार माग हुँदै आएको छ ।

प्राधिकरणको भावी नेतृत्वका लागि विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंह रहेका छन् । प्राधिकरणको इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य, प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले रहेका छन् । घिसिङले प्राधिकरणलाई सरकारी संस्थानमा पहिलो नम्बरमा ल्याउन गरेको योगदान, प्राधिकरणमा भएका सुधारको मूल्यांकन गर्दै अहिले प्राधिकरणको नेतृत्वका लागि कुलमान घिसिङको अर्को विकल्प नरहेको भन्दै चौतर्फी माग रहेको छ ।

प्राधिकरणमा अब आउने नेतृत्वका लागि चुनौती पनि उत्तिकै रहेका छन् । प्रसारणलाइनको निर्माण, उत्पादित विद्युत् खपत बढाउने, गुणस्तरीय बिजुली उपभोक्तासम्म पु-याउनुपर्ने, चार वर्षअघि करिब ९ अर्ब घाटामा रहेको विद्युत् प्राधिकरण लगातार चार वर्ष नाफामा गएको छ । घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो । २०७३ भदौमा कार्यकारी निर्देशकमा रूपमा प्राधिरकणमा प्रवेश गर्दा वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको संस्था आएको ११ महिनामै घाटा हटाउँदै १ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । त्यसपछि गत आर्थिक वर्ष (२०७६/७७) सम्म आइपुग्दा ११ अर्ब ६ करोड नाफा गएको छ ।

उनले दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अत्य गरेर सबैको वाहावाही पाएका थिए । उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं लगायत देशका प्रमुख सहरलाई लोडसेडिङमुक्त भएको घोषणा गरिुएको थियो ।